२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


कामदारको अभाव भएपछि जनप्रतिनिधिहरु नै पुल निर्माणमा खटिए


0
Shares

दैलेख । खोलाहरुमा पानीको सतह बढेपछि दैलेखका जनप्रतिनिधिहरु झोलुङ्गे पुल निर्माणमा खटिएका छन् ।

वर्षाको समयमा खोलामा बगेर सर्वसाधारण नागरिकको मृत्यु हुन थालेपछि जिल्ला समन्वय समिति दैलेखले स्थानीय तहसँग समन्वय गरेर दुर्गम र अतिआवश्यक स्थानमा झोलुंगे पुल निर्माण गर्न सक्रियता देखाएको छ ।

त्यसमा जनप्रतिनिधिहरुलेसमेत साथ दिएका छन् । जिल्लामा प्रत्येक वर्ष १० भन्दा बढी झोलुंगे पुल निर्माण गर्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले बताए ।

नारायण नगरपालिका वडा नम्वर १० स्थित त्रिवेणी खोलामा पानी बढेपछि वडाअध्यक्ष लोकबहादुर थापा आफैं कामदारको रुपमा झोलुंगे पुल निर्माणमा सक्रिय भएका छन् । 

खेतीपातीको समय भएको र कामदार पाउन कठिन भएकाले आफू पनि पुल निर्माणमा सक्रिय भएको उनले बताए ।

गैरसरकारी संस्था ग्रामीण विकास सेवा केन्द्रका अध्यक्ष विमला शर्माले दैलेखमा राजनीतिक दल र समुदायले झोलुंगे पुल निर्माणमा सक्रियता बढाएकाले प्रत्येक वर्ष १० भन्दा बढी पुल बन्ने गरेको बताए । दैलेखमा खोलाले बगाएर प्रत्येक वर्ष ३ देखि ५ जनासम्मको मत्यु हुने गरेको तथ्यांक छ ।