Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकुल काम भयो– महान्यायाधिवक्ता खाती


0
Shares

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाकोे प्रतिकुल कार्य भएको बताउनुभएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो ।’

नेपाल सरकारकोे कानूनी सल्लाहकारको रूपमा राष्ट्रपति ज्यू समक्ष सम्माननीय प्र्रधानन्यायाधीशले शपथ ग्रहण गराउनुपर्छ, तर राष्ट्रपति कार्यालयले त्यसो गरेन । जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँँछ भन्ने दृष्टिकोणले शपथ गराइएको महान्यायाधिवक्ता खातीले बताउनुभयो ।

यस्तै महान्याधिवक्ता खातीले आफूमाथि ठूला चुनौतिसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

महान्यायाधिवक्ताले प्रधानमन्त्रीलार्ई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिन सक्ने बताउँदै कस्तो किसिमको कानून बनाउँदा राज्यलाई सहज हुन्छ र सरल रुपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने बताउनुभयो ।