४ असार २०८२, बुधबार | Wed Jun 18 2025


डा. बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक एव‌ं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

भट्टराई निवासमा भएको भेटवार्तामा भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्ताेलाको उपस्थिति रहेको थियो । भेटमा राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समयमा राजनीतिक भेटघाटमा सक्रिय रहनु भएका विप्लवले आज भट्टाईलाई भेट्नु भएको हो । हिजो एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नु भएको थियो । भट्टराईका प्रेस सल्लाकार विश्वदिप पाण्डे ट्वीटमा द्वन्द्वकालकाे फाेटाे समेत पाेष्ट गर्दै लेख्नुहुन्छ, ‘निकै लामो समयपछि आजको राजनीतिक अन्तरंग भेट्घाट !’