
काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बिहिबार बिहान ४ बजेदेखि जेष्यठ नागरिकहरु आँखा मिल्चै लाइनमा बस्न पुगे । कोही आफ्नो स्तान सुरक्षित गर्न झोला राख्न व्यस्त थिए । एकातmर्फ कोभिड १९ को उच्च जोखिमको त्रास छ ।
भने अर्को तर्फ खोप नपाउने चिन्ता सर्वसाधरणमा छ । त्यही भएर आफूहरु बिहाननैदेखि लाइनमा बस्नु परेको लाइनमा बसेकाहरुको गुनासो थियो । बुधबार छाउनीदेखि स्वयंभुको भगवानपाउन भन्दा पनि माथिसम्म लाइन बस्दा समेत खोप लगाउने पालो नपाउनु तितो यर्थात भोगेकाहरु पनि लाइनमै बसेका भेटिएका थिए ।
‘बुधबार बिाहन ११ बजेदेखि लाइन बसेँ साझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो । सामाजिक दूरी कायम थिएन । त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन् , ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रनै लागेन । ४ बजेनै लाइनमा लागेको छु।’ सरकारले खोपमा उचित व्यवस्थापन गर्न नसकेको कारण सर्वसाधारणहरुले दुख पाएको वाफलका सुरेश श्रेष्ठको गुनासो छ । सुरेश पनि बुधबार खोपका लागि लाइनमा बसेको र बिहिबार बिहानै लाइनमा आएर बसेको बताए ।
प्रतिक्रिया दिनुहोस्