Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


तेस्रो मुलुकबाट इन्धन ल्याउने योजनामा आयल निगम


0
Shares

काठमाडौं, साउन १४ । आयल निगमले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ खरिद गर्ने योजना बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य सस्तो हुँदा सोझै तेस्रो मुलुकबाट खरिद गर्ने गरी निगमले योजना बनाएको हो ।

यसका लागि शुक्रबार बसेको सञ्चालक समितिको बैठकले विनियमावलीमा संशोधन गरेको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा इन्धन सस्तो हुँदा तेस्रो मुलुकबाट आयात गर्न सकिन्छ, सोही अनुसार विनियमावली तयारी गरेका छौं, सञ्चालक समितिले पनि निर्णय गरेको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘सस्तोमा आयात हुँदा मुलुकलाई फाइदा नै हुन्छ ।’

उनका अनुसार भारतीय आयल निगम (आईओसी) सँगको सम्झौतामा तेस्रो मुलुकबाट आयात गर्न पाइने उल्लेख छ । –कान्तिपुर दैनिकबाट