प्रधानमन्त्री देउवा आफै पुग्नुभयो नेपाललाई भेट्न « Imagekhabar – Online News Portal of Nepal


प्रधानमन्त्री देउवा आफै पुग्नुभयो नेपाललाई भेट्न


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ ।

मंगलबार राती प्रधानमन्त्रीको सपथपछि राष्ट्रपति निवास शितल निवासमा संक्षिप्त भेट भएका नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाल निवास पुग्नु भएको हो ।

एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बाध्यतमा रहनुभएका देउवा विश्वासको मत तथा सरकारमा सहभागिताको विषयमा छलफल गर्न जानुभएको बुझिएको छ ।