११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


कमजोर नेतृत्वले टेलिकम ओरालो


0
Shares

काठमाडौं । नेपाल टेलिकम कुनै समय सबैभन्दा बढी कर तिर्ने निकायमा पथ्यो । यसको अर्थ सबैभन्दा बढी नाफा यसले कमाउँथ्यो अहिले आएर यो उक्त सूचीमा धेरै तल झरेको छ ।

नेतृत्व सक्षम भयो भने सरकारी स्वामित्वको कम्मनी पनि प्रतिस्पर्धामा आगाडि हुन्छ, कमजोरी भयो भने तल झर्न बेरै लाउँदैन भन्ने उदाहरण नै टेलिकम हो । टेलिकमको सेवा र गुणस्तर सुधार गर्न नियुक्त भएका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यसम्पादन संझौताअनुसार योजनाहरु प्रधावकारी रुपमा कार्यान्वयनमा ल्याउन नसक्दा यो धराशायी बन्दै गएको हो ।

प्रबन्ध निर्देशक भएपछि टेलिकमको गुणस्तर सुधार्नुका साथै सेवामा प्रभावकारिता ल्याउने अधिकारीले उद्घोष गरेका थिए । तर कार्यसम्पादन संझौताअनुसार काम गर्न नसक्दा यो ओरालो लाग्दै गएको हो ।

‘टेलिकमका उच्च कर्मचारी र निजी क्षेत्रका टेलिफोन प्रदायकबीच अपवित्र साठँगाठँ हुन्छ । त्यही कारण बेलाबेला टेलिकमको सेवा अवरुद्ध गराइन्छ,’ टेलिकमको उच्च स्रोतले भन्यो, ‘अधिकांश सरकारी संस्थानमा हुने यो रोग टेलिकममा रोकन नेतृत्व असक्षम छ ।’ बरु त्यस्तै व्यक्तिलाई च्यापेको देख्दा संलग्नताको आशंका गर्न सकिन्छ ।

अन्नपूर्ण