यी कार्यसूची कार्यान्वयनले निर्धारण गर्नेछ प्रधानमन्त्री देउवाको कार्यकाल र अदालती आदेशको औचित्य « Image Khabar


यी कार्यसूची कार्यान्वयनले निर्धारण गर्नेछ प्रधानमन्त्री देउवाको कार्यकाल र अदालती आदेशको औचित्य


२९ असार २०७८, मंगलवार १३:४७


sherbahadur deuba primeminister

राजन कुईंकेल ।

समय । यस ब्रह्माण्डमा योभन्दा बलवान शायदै कुनै चिज वस्तु अस्तित्वमा होला ? समय चिन्न सक्नेले चुनौतिलाई चिर्दै अवसरमा परिणत गरिदिएका छन् । जसले समय खेर फालेको छ, उसले इतिहासका कैंयन् अवसर गर्तमा मिल्काएको छ । अर्थात् समय नै चुनौति हो समय नै अवसर । यसको अघिल्तिर संसारका एकसेएक शक्तिवान् पनि टिक्न सकेनन् ।

सौर्य, उर्जा, वीर्य, धैर्य जस्ता मानवोचित गुणहरु पनि यस परीक्षाको अघिल्तिर नतमस्तक भए । मानव योनीमा जन्मिएका राम, कृष्ण, बुद्धहरु भगवान पुजिए । चक्रवर्ती सम्राटहरु धूमिल भए । चक्रवर्ती अलेक्ज्यान्डर, नेपोलियन, अशोक जस्ता सम्राट हुन् वा ब्रिटिश साम्राज्य सबै समयसँगै चुलिए, समयले नै धराशायी बनाइदियो ।

समुन्द्रको पिँधमा अस्तित्व खोजीमा रहने चट्टान संसारमै लोमहर्षक सगरमाथा चुलीका रुपमा ठडिए । समयसँगै चल्न नसक्दा डायनोसर जस्ता भीमकाय जन्तुहरु विलिन भए । मुसाहरुको अस्तित्व अझै कैयन् वर्ष धर्तीमा कायमै रहला । बढ्दो तापमानले हिमाल पग्लँदै छ । समुन्द्र उचालिँदै, धर्ती सुक्दै । समयका अघिल्तिर कसैको केही जोड चल्दैन । यो ध्रुव सत्य हो ।

तर प्रधानमन्त्रीका रुपमा देउवाका अघिल्तिर सरल बाटो भने पक्कै छैन । मुलुक कोरोना महामारीले आक्रान्त छ । जनता कोरोनाविरुद्ध उचित स्वास्थोपचार र खोप नपाएर मरिरहेका छन् । राज्य संयन्त्र भ्रष्टाचारको दलदलमा फसेको छ । सिंहदरबारदेखि गाउँ तहसम्मको नेतृत्व बिचौलिया, दलाल, माफिया, तस्कर, ठेकेदार, कालाबजारी र भ्रष्ट कर्मचारीको घेराबन्दीमा छ । भ्रष्टाचारको आयतन फैलिएको मात्रै छैन, दर नै पनि अर्बतिर धकेलिएको छ ।

समयक्रममा नेपालमा पनि अनेकन उतारचढाव देखिए । पछिल्लो पटक यही समयलाई खेलाँचीका रुपमा लिँदा आफूलाई सर्वशक्तिमान शासक ठान्ने केपी ओली सत्ताको पतन भएको छ । शासन सञ्चालनका लागि जनताबाट पाएको करिब दुई तिहाईको शक्ति चूर्णचूर्ण बनेको छ । अहंकार र दम्भले ग्रस्त हुँदा इतिहासकै शक्तिशाली बनेको एकीकृत नेकपा पार्टी विभाजित भयो । आफ्नै एमाले पार्टी विभाजनको डिलबाट गुज्रिरहेको छ । आफूले भनेको नभए हाँडी फुटाइदिने शैलीमा पटक पटक गरिएको संसद विघटन अदालतले खारेज गरिदिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा संवैधानिक मूल्य मान्यतालाई बारम्बार धज्जी उडाएको ब्याख्या अदालतले गरेको छ । हुँदाखाँदाको सत्ता सर्लक्क अर्कोको थाप्लोमा पुगेको छ ।

चार वर्षअघि सत्तामा उक्लँदै गर्दा इतिहासमा शेरबहादुर देउवा कांग्रेसका तर्फबाट अन्तिम प्रधानमन्त्री हुन् भन्दै गरेको व्यंग्य आज आफैतिर फर्किएर गिज्याइरहेछ । ओलीकै कारण यस पटक सत्तामा जाने कुनै सम्भावना नबोकेको कांग्रेस र तिनका सभापति देउवाको काँधमा पाँचौ पटक प्रधानमन्त्रीको ताज आएको छ । ललाटमा लेखिएपछि कसैको केही नलाग्ने रहेछ । विपक्षमा समेत कमजोर हैसियतमा खुम्चिएको, आफ्नै नेतृत्वमा गराएको निर्वाचनमा इतिहासमै लज्जास्पद परिणाममा आएकामा आलोचित बनेका देउवा त्यही कार्यकालको संसदमै पाँचौं पटक राजतिलक लगाउने स्थानमा पुगे । आफ्नो कर्मले भन्दा अर्काको कुकर्मले उनको भाग्य बदलियो ।

दलीय दौरा समातेर नियामक निकायहरुमा जागीर खानेहरुका कारण नियन्त्रण र सन्तुलनकारी भूमिका निर्वाह गर्नुपर्ने निकायहरु निकम्मा बनेका छन् । जनतामा घोर निराशा व्याप्त छ । उसै पनि सरकारमा रहँदा देउवाको बिगत अनुकरणीय छैन । ओलीको अहंकारबाट उम्केको समाज देउवाको दम्भमा पर्न चाहन्न । बिगतका कर्मप्रति आलोच्य देउवा आफै र पार्टी कांग्रेसलाई चुनौतीका पहाडबीच अर्को एउटा अवसर आएको छ ।

तर प्रधानमन्त्रीका रुपमा देउवाका अघिल्तिर सरल बाटो भने पक्कै छैन । मुलुक कोरोना महामारीले आक्रान्त छ । जनता कोरोनाविरुद्ध उचित स्वास्थोपचार र खोप नपाएर मरिरहेका छन् । राज्य संयन्त्र भ्रष्टाचारको दलदलमा फसेको छ । सिंहदरबारदेखि गाउँ तहसम्मको नेतृत्व बिचौलिया, दलाल, माफिया, तस्कर, ठेकेदार, कालाबजारी र भ्रष्ट कर्मचारीको घेराबन्दीमा छ । भ्रष्टाचारको आयतन फैलिएको मात्रै छैन, दर नै पनि अर्बतिर धकेलिएको छ ।

दलीय दौरा समातेर नियामक निकायहरुमा जागीर खानेहरुका कारण नियन्त्रण र सन्तुलनकारी भूमिका निर्वाह गर्नुपर्ने निकायहरु निकम्मा बनेका छन् । जनतामा घोर निराशा व्याप्त छ । उसै पनि सरकारमा रहँदा देउवाको बिगत अनुकरणीय छैन । ओलीको अहंकारबाट उम्केको समाज देउवाको दम्भमा पर्न चाहन्न । बिगतका कर्मप्रति आलोच्य देउवा आफै र पार्टी कांग्रेसलाई चुनौतीका पहाडबीच अर्को एउटा अवसर आएको छ । त्यसलाई सही प्रमाणित गर्दै आगामी निर्वाचनमा मतदातालाई मत हाल्न उचित विकल्प दिने हो भने देउवा नेतृत्वको सरकारले किन्तु परन्तु नभनी निम्न काम गर्नैपर्दछ ।

  • पहिलो, एक मात्र र विकल्पहीन प्राथमिकता नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने
  • राज्य संयन्त्रमा फैलिएको भ्रष्टाचार नियन्त्रण लागि प्रभावकारी कदम चाल्ने ।
  • तत्काल कोरोना महामारीका समयमा गरिएका खरिद र त्यसप्रति उठेका आम आशंकाहरुमाथि छानबीन गर्न निष्पक्ष मानिसहरु संलग्न शक्तिशाली छानबीन समिति बनाउने ।
  • निर्मला पन्तसहितको बालिका बलात्कार र हत्या जस्ता घटनाहरुको उचित छानबीन र दोषीमाथि कार्वाहीका लागि विश्वसनीय छानबीन समिति बनाउने ।
  • ओली सरकारले जारी गरेका सबै अध्यादेश खारेज गर्दै त्यसमार्फत् ल्याएका सबै नीति र नियुक्तिहरु बदर गर्ने ।
  • लोकतान्त्रिक मूल्य र पद्धतिविरुद्ध हुने गरी ल्याइएका सबै ऐनहरुको पुनर्मूल्यांकन गर्दै संशोधन ।
  • दशक लामो सशस्त्र हिंसा र त्यसपछि पटक पटक गरिएका हिंसात्मक आन्दोलनका दोषीलाई दण्ड र पीडितलाई न्याय र परिपूरणका लागि पीडितसमेतको सहभागितामा सम्बोधनको पहल गर्ने ।
  • राजनीति र अपराधीकरणबीचको भेद छुट्टयाउनै नसकिने गरी भइरहेको मिलन अन्त्यका लागि राजनीतिक सदाचार प्रणालीको थालनी ।
  • नेपाल वायु सेवा निगम, नेपाल टेलिकमलगायतका निकायलाई धराशायी बनाउने गरी भइरहेका चलखेल रोक्ने र सरकारी संस्थानहरुको सवलीकरणका लागि तत्काल कदम चाल्ने ।
  • देशको प्रतिनिधित्व गर्दै जाने राजदूतहरुको खस्कँदो गरिमा र स्तर सच्याउने ।
  • श्रमका लागि विदेशिएका नागरिकको सुरक्षा र मानवअधिकारका लागि शसक्त पहलकदमी लिने ।
  • भूकम्प, कोरोना महामारीलगायत कारणहरुबाट थलिएका उद्योग, पर्यटन, यातायात लगायतका क्षेत्तलाई पुनर्जिवन दिन विशेष प्याकेज ल्याउने ।
  • कर नतिर्ने, छल्ने र कर्मचारीसँग मिलेमतोमा राजस्वमाथि ब्रह्मलूट मच्चाउनेहरुलाई निर्ममतापूर्वक दण्डको कठघरामा ल्याउने ।
  • दुई छिमेकी र अरु मित्र राष्ट्रहरुसँगको मित्रता बलियो बनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको छबिको स्तारोन्नति गर्ने ।
  • ठूला र राष्ट्रिय गौरवलगायतका विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न गर्न तदारुकता देखाउँदै, ठेक्का ओगटेर काम नगर्ने बदनामहरुलाई दण्डको दायरामा ल्याउने ।

यी त केही उदाहरण हुन् । प्रधानन्यायाधीशमाथि महाभियोग, आइजीपी नियुक्ति, राजदूत नियुक्ति, सत्ता टिकाउन सुरासुन्दरी, प्राडो पजेरो, सांसद किनबेच जस्ता अनेकन प्रकरणमा आलोच्य आफ्नो छबी सुधार्नका लागि देउवाका अघिल्तिर यो सुवर्ण अवसर हो । चार चार पटक प्रधानमन्त्री बनिसकेका देउवाका लागि प्रधानमन्त्री बन्नु कुनै लालसा पक्कै होइन ।

राजनीति र आफ्नो जीवनकै पनि उत्तरार्धमा प्राप्त भएको यो अवसर केहीलाई झण्डा हल्लाउने र केही आसेपासेलाई राज्यकोषमाथि दोहन गर्ने माध्यम मात्र नबनोस् । पछिल्लो परिवर्तनप्रति नै वितृष्णा जागेका र निराश बनेका नेपालीसमक्ष आशाको दीयो सल्काउने काम देउवा र उनको मन्त्रिमण्डलले गरोस् । अहिलेलाई यही शुभकामना, बाँकी कामको मूल्यांकन सँगै !