
काठमाडौं, साउन १३ । नेपालका शैक्षिक परामर्शदाता संस्थाहरुले शैक्षिक परामर्शको क्षेत्रमा विदेशी लगानीको विरोध गरेका छन् ।
इक्यान, आइरिन, नायर, फेकन, जाल्सन लगायतका शैक्षिक परामर्शमा काम गर्ने संस्थाहरुले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस क्षेत्रमा विदेशी लगानीको कडा विरोध गरेका हुन् । नेपाली शिक्षा परामर्श क्षेत्रको इतिहास धेरै लामो नरहेका र यस्तो अवस्थामा यो क्षेत्रमा विदेशी लगानी ल्याउँदा समस्याहरु निम्तिने उनीहरुको भनाइ छ ।
यो क्षेत्रमा अहिले विदेशी लगानीको आवश्यकता नै नरहेको व्यवसायीहरुले बताएका छन् । यो क्षेत्रमा विदेशी लगानी आउँदा अत्यन्त कम लगानी हुने तर, नेपालबाट बाहिरिने रकम अत्यन्त धेरै हुने, रोजगारीको समस्या बढ्ने, डाटा लिकेज हुने लगायतका थुप्रै समस्या आउने उनीहरुको दाबी छ ।
यो क्षेत्रमा आइडिपी लगायत अन्य कम्पनीहरु नेपाल आउन खुट्टा उचालेर बसेको भन्दै सरकारले तत्काल यसको विरोध गरेर यहाँ भएका परामर्श कम्पनीलाई थप नियमन गर्दै अगाडि बढ्न सक्नुपर्ने उनीहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्