
काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् ।
खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । त्यसमा अफसाइडको निर्णय दिइएको थियो । लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो ।
त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि गोल हुन सकेन ।
खेलको दोस्रो हाफ चलिरहदा अर्जेन्टिनाले १-० गोलको अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्