एमालेमा सहमतिको खाका कोरिएको कार्यदलका नेताहरुको दावी, शिर्ष तहमा सहमति भएपछि आज सार्वजनिक गरिने « Imagekhabar – Online News Portal of Nepal


एमालेमा सहमतिको खाका कोरिएको कार्यदलका नेताहरुको दावी, शिर्ष तहमा सहमति भएपछि आज सार्वजनिक गरिने


0
Shares

काठमाडौं । नेकपा एमालेको कार्यदलले पार्टीको आन्तरिक विवाद समाधान गर्दै सहमतिको खाका कोरेको दावी गरिएको छ ।

हिजोको बैठकमा सहमति जुटेको र आज शिर्ष तहमा छलफल भएपछि उक्त सहमति सार्वजनिक गरिने कर्यादलका नेताहरुले बताएका छन्।

तर मुख्य विवादमा के कस्तो सहमति जुटाइयो भन्नेबारे नेताहरुले खुलाएका छैनन् । कार्यदलको बैठक आज पनि बस्दै छ ।

हदरबारस्थित र्अथ मन्त्रालयमा आज बिहान बस्ने बैठकले सबै विषयमा सहमति जटाउने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकसमेत रहनुभएका नेता नेम्वाङले विवाद टुंगिए बराबर भएको प्रतिक्रिया दिनुभएको छ ।

यस्तै, कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका नेता भीम रावलले पनि आफूहरु सहमतिको अन्तिम विन्दुमा पुगेको बताउनुभएको छ ।

एमाले कार्यदलले अदालतमा विचाराधिन विषयमा मौन बस्दै सहमतिको खाका कोरेको बताईएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसमबनधी मुद्दामा भोलि फैसला सुनाउने संभावना छ ।

त्यसअघि नै एमालेको आन्तरिक विवाद मिलाएर सार्वजनिक गर्ने तयारी गरिनुलाई अर्थपूर्ण मानिएको छ ।