११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


अनियन्त्रित भ्रष्टाचार


0
Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिनासाथ भ्रष्टाचारप्रति शून्य सहनशीलता को वाचा गरेका थिए ।

आफू नेतृत्वको सरकार पाँच स शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र सुशासन लाई मुख्य प्राथमिकतामा राखेर सञ्चालन हुने उनको भनाइ थियो । तर, मुख्यान्त्री राउतको उक्त वाचा भाषामै सीमित देखिएको छ ।

प्रदेश २ का स्थानीय तह भ्रष्टाचार तथा अनियमितामा मुछिए पनि नियामक निकायबाट कुनै अनुगमन हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिले विकास बजेटमा चरम भ्रष्टाचार गर्दै आएको थुप्रै उदाहरण सार्वजनिक भएका छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका १० का वडाध्यक्ष चौधरीले कामै नभएको शीर्षकमा रकम भुक्तानीका लागि कागजात बनाइदिन ‘दबाब दिँदै आएका थिए ।’ तर, इन्जिनियरले नमानेपछि चौधरीले अवेशमा आई कुटपिट गरेको जनाइएको छ । तर, गैरकानुनी कामका लागि दबाब दिने वडाध्यक्षमाथि कुनै कारबाही भएको छैन ।

अन्नपूर्ण