
काठमाडौं । डोजरे विकासले बाजुरा जिल्लामा असार २५ गतेसम्म मात्रै १ हजार ७४ घरपरिवार विस्थापित भएका छन् । गत वर्षभन्दा छिटो अबिरल वर्ष भएपछि यति ठुलो संख्यामा परिवारहरु विस्थापित भएको जिल्ला पैहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।
सुदूरपश्चिममा असार १ गतेदेखि नै वर्षा सुरु भएको हो । कमजोर भू ( बनोट र स्टिमेटबिनाका सडकहरुमा डोजर चलाउँदा पहिरोकाा कारण यतिका परिवार विस्थापित भएका हुन् । असार महिनामा जिल्लाका ९ ओटै स्थानीय तहका मानिसहरु विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकअनुसार बूढीगंगा नगरपालिकामा ५९ परिवार, बूढीनन्दा नगरपालिका ४४ परिवार, त्रिवेणी नगरपालिकाका १० परिवार, खप्तड छेडेदह गाउँपालिकाका १४ परिवारको घरमा क्षति भएपछि उनीहरु विीस्थापित भएका छन् । यस्तै, गौमूल गाउँपलिकाका ५ सय ४० जगन्ननाथ गाउँपालिकाका २३, स्वामीकार्तिक खापर गाउँपालिाकका १ सय ९८ र हिमाली गाउँपालिकाका १ जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्