Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


मेलम्चीको एक झड्काले सुकुम्बासी बनेका हेलम्बुबासीको कारुणिक रोदन


0
Shares

काठमाडौं । बेशीमा सडक विस्तार भएसँगै गाउँको जग्गा बेचविखन गरेर १८ वर्षअघि किउलको गणेशे बगर झरेका धनबहादुर तामाङ मेलम्ची खोलामा आएको बाढीले सुकुम्बासी भएका छन् ।

सडक पुगेको ठाउँमा सुविधा उपभोग गर्न पाउने आशामा हेलम्बु गाउँपालिका–२, ढोडेनीबाट बेशी झरेका धनबहादुरको गत असार १ गते आएको बाढीले घर खेत सबै बगाएपछि सुकुम्बासीजस्तै भएका छन् । बाढीले घर र नजिकै रहेको साँढे चार रोपनी खेत सबै बगाएको धनबहादुर बताउँछन् ।

छिमेकीसँगै टेन्ट हालेर बसेका धनबहादुरको घर खेत मात्र हैन छोरा छोरीलाई राम्रो पढाउने सपना समेत बाढीले बगाएको छ । धनबहादुरका छिमेकी कामी तामाङको पनि बाढिले घर सँगै गरिखाने १५ रोपनी खेत बगाएको छ ।

अहिले तत्काल त दाताले दिएको राहत बाट पेट पालिएला, कामी भन्छन्, ‘दाताले दिन छाडेपछि जहान(बच्च लिएर कहाँ जाने ?’ आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रातभर निदाउन नसक्ने उनी बताउँछन् ।

चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी लरिमाया तामाङलाई एक महिनाअघि बितेकी बुहारीको घेवा गर्न नपाएको दुखेसो पोख्छिन्। असार पहिलो हप्ता बुहारीको घेवा गर्ने योजना बनाएकी लरिमाया १ गतेको बाढीपछि घरबारविहीन अवस्थामा पुगेकी छिन् । जीवन भरी कमाएको बाढीले लगेपछि उनका श्रीमान साङ्बो लामाको मन थीरमा छैन । यसैवर्ष मात्र निर्माण सकेर बस्न थालेको दुई तलाको घर बाढीले बगाएपछि साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरिमायाले बताइन् ।

अन्नपूर्ण