
बेलग्रेड, साउन १३ । सर्बियाको राजधानी बेलग्रेडमा पूर्व सर्बियाली नेता स्लोबोदान मिलोसेभिचका वकिल ड्रायागोस्लाभ ओङजानोभिचको गोली हानी हत्या गरिएको छ ।
आफनै निवास अगाडि ओङजानोभिचको हत्या गरिएको थियो । उनका २६ वर्षीय छोरा घाईते भएका छन् ।
ओङजानोभिचले सर्बिया र मोन्टेनेग्रोका उच्च तहका माफिया आवद्ध मुद्दाहरु लडेका थिए । पछिल्ला वर्षमा सर्बिया र मोन्टेनेग्रोका संगठित आपराधिक समूहका मुख्य सदस्यहरु बेलग्रेडमा मारिएका छन् ।
५७ वर्षीय ओङजानोभिचले सन् २००० को शुरुमा युद्ध अपराधको मुद्दा खेपेका मिलोसोभिचको कानुनी समूहमा रहेर काम गरेका थिए ।
सर्बियाका पूर्व राष्ट्रपति मिलोसेभिज सन् २००१ मा पक्राउ परेका थिए । उनलाई संयुक्त राष्ट्रसंघको युद्ध अपराध ट्राइब्युनलमा नरसंहार र अरु युद्ध अपराध मुद्दाको अभियोगमा राखिएको थियो । तर सन् २००६ मा उनी त्यहाँ मृत भेटिएका थिए ।
यद्यपि उनीविरुद्धको मुद्दा भने पूरा भएको थिएन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्