२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


जापानमा शक्तिशाली समुद्री आँधीका कारण जनजीवन प्रभावित


0
Shares

जापान, साउन १३ । जापानमा शक्तिशाली समुद्री आँधीका कारण मध्य र पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

१८० किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीले मुसलधारे वर्षा र हावाहुरी निम्त्याएको छ । जोङ्डारी नाम दिइएको आँधीले देशको प्रमुख टापु होन्शुमा पहिरो निम्त्याएको छ ।

कम्तीमा १९ जना मानिस हराइरहेका छन् । आँधीका कारण १ लाख ५० हजार मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् ।

अझै ठूलो वर्षाले पहिरो आउन सक्ने चेतावनी दिइएको छ ।

हिजोमात्र करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा जान सुचित गरिएको थियो । बाढी र गर्मीका कारण सयौंको मृत्यु भएको एक महिना नबित्दै समुद्री आँधीले असर देखाउन शुरु गरेको हो ।

गत जुलाइमा आएको भीषण वर्षापछि नदीहरुमा पानीको सतह बढ्नाले ८० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । (एजेन्सी)