१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


स्वास्थ्य केन्द्र भवन हस्तान्तरण नहुँदै पहिरोको जोखिममा


0
Shares

रामेछाप, साउन १३ । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रको भवन हस्तान्तरण नहुँदै पहिरोको जोखिममा परेको छ ।

स्वास्थ्य केन्द्रका लागि निर्माण गरिएको भवनको आँगन मै पहिरो गएको हो ।

स्वास्थ्य केन्द्रलाई भवन हस्तान्तरण गर्ने तयारी भइरहेकै बेला पहिरो गएपछि भवन जोखिममा परेको हो ।

२०५९ सालबाट निर्माण शुरु गरिएको भवन २०७४ सालमा सम्पन्न भएको थियो । ३ करोड २९ लाखको लागतमा निर्मित भवन पानीको मुल फुट्ने जमिनमा बनाइएकोले पहिरो गएको स्थानीयको भनाइ छ ।

ल्याव सेवा नवनिर्मित भवनबाट सञ्चालन गरिँदै आएकोमा पहिरो गएपछि बिरामी डराएर जान नमानेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।