काठमाडौं, असार १७ । एमबिबिएस लगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण र सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टीनको व्यवस्था गर्न विवेकशील साझा युवा संगठनले जोडदार माग गरेका छ ।
प्रेसमिटमा एमबिबिएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्नुृपर्ने विद्यार्थी अभिभावकलाई थप तनाव नदेऊ भन्दै पार्टीले सरकारको ध्यनाकर्षण गरिएको छ ।
चिकित्सा शिक्षा आयोगले मिति २०७८ साल ०३ महिना १५ गते जारी गरेको सूचना बमोजिम एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पिसिआर परीक्षणको सूचनाबारे पार्टीको ध्यानाकर्षण भएको छ ।
विवेकशील साझा युवा सङ्गठन विद्यार्थीहरूले चकित्सा शिक्षाका विभिन्न विधाको प्रवेश परीक्षा अगाडी गर्नुपर्ने पिसिआर परीक्षण सरकारले निःशुल्क गर्न माग गरेको छ ।
साथै, प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताको साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत जोडदार माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्