
काठमाडौं । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।
६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले इन्डोनेसियाको लोमोक टापु सबैभन्दा बढी प्रभावित भएको छ ।
बालीबाट ४० किलोमिटरको दूरीमा रहेको लोम्बोक टापु ध्वस्त जस्तै भएको छ ।
भूकम्पमा परी कयौं घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । भूकम्पका कारण दर्जनौं घर र सवारी साधनमा क्षति पुगेको छ ।
रातको समयमा भूकम्प गएकाले धेरै मानिस प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
भूकम्प प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्