Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


गुलरियाबाट चरेशसहित पाँच जना पक्राउ


0
Shares

बर्दिया, मंसिर १ । बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो लागुऔषध चरेशसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाका आधारमा आज प्रहरी सहायक निरीक्षक शुनिल वश्यालसहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा जाँच गर्दा झोला भित्र लुकाइछिपाइ राखेको ५८ किलो लागुऔषध चरेश, नगद रु ३२ हजार ५९८ र  पाँच थान मोबाइल बरामद गरेको हो ।

चरेश बरामद गरेलगत्तै पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रामशङ्कर कोहरले जानकारी दिए । रासस