
काठमाडौं, असार १३ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरिने छ ।
आजको बैठकमा सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्दै महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय समिटीसरहको मान्यता नदिएको बारेमा पनि छलफल भएको थियो ।
पार्टी नेतृत्वप्रति असन्तुष्ट रही विपक्षी गठबन्धनमा रहेका माधव नेपाललगायत नेतामाथिको थप कारवाहीबारे अब बस्ने सोही महाधिवेशन आयोजक कमिटीको बैठकले गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्