काठमाडौं, कात्तिक ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले आशावादी बनेर अगाडि बढ्न सबैमा आग्रह गरेका छन् ।
शनिबार राजधानीमा सरिता वाग्लेले लेखेको ‘नवपल्लव’ र उषा थपलियाको ‘नारी तिमी हारेकी छैनौं कृति सार्वजनिक गर्दै उनले निराशालाई चिर्दै आशावादी बन्न आग्रह गरे ।
उनले समाजलाई विकृति–विसंगतिले गाँज्दै गइरहेका बेला युवावर्गको भूमिका महत्वपूर्ण हुने बताए ।
नेता नेपालले निष्ठाको राजनीतिबाट नै समृद्धि सम्भव हुने बताए ।









प्रतिक्रिया दिनुहोस्