३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अर्घाखाँचीका गाडी मजदुरलाई खाद्यान्न बितरण


0
Shares

रोजगारी गुमाएका सवारी चालकको परिवारलाई देउराली यातायात अर्घाखाँचीले खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनका कारण यातायात बन्द हुँदा रोजगारी गुमाएका परिवारलाई ७३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरीएको हो ।

लकडाउनका कारण रोजगारी गुमाउन पुगेका चालक, सहचालक र कर्मचारीलाई संस्थाले खाद्यान्न वितरण गरेको सस्थाका अध्यक्ष गोविन्द बन्जाडेले बताउनुभयो ।

रोजगारी गुमाएका १ सय ४३ सवारी साधनका चालकलाई खाद्यान्न वितरण गरीएको हो ।

गाडी धनीलाई ४३ हजार रुपैयाँ, चालकलाई ५ हजार रुपैयाँ, सहचालकलाई २ हजार रुपैयाँ र कर्मचारीलाई प्रतिव्यक्ति ५ पाँच हजार रुपैयाँका दरले राहत दिएको समितिका कोषाध्यक्ष नारायण खड्काले बताउनुभयो ।