नेकपाको सरकारले मधेसका मुद्दा सम्बोधन गर्नेमा विश्वस्त छौं : महतो • Image Khabar Image Khabar


नेकपाको सरकारले मधेसका मुद्दा सम्बोधन गर्नेमा विश्वस्त छौं : महतो


Imagekhabar
३१ जेष्ठ २०७५, बिहीबार ०७:४०

नेकपाको सरकारले मधेसका मुद्दा सम्बोधन गर्नेमा विश्वस्त छौं : महतो

शिवहरि भट्टराई (इमेज)

राजविराज, जेठ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले मधेसका मुद्दालाई सम्बोधन गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

बिहीबार सप्तरीको राजविराजमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुईतिहाइ बहुमतको शक्तिशाली सरकारले दिएको आश्वासनलाई आफूहरुले विश्वास गरेको बताए ।

मधेस आन्दोलनका मुद्दा सम्बोधनका लागि संविधान संशोधन र झुटा मुद्दा फिर्ता गर्नुपर्ने उनको माग थियो ।

यस्तै, निर्वाचित सांसद रेशम चौधरीलाई शपथग्रहण गराउने वातावरण सिर्जना भएमात्रै राजपा सरकारमा जाने नेता महतोले स्पस्ट गरे ।

प्रतिक्रिया दिनुहोस्