Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


१६ डीआइजीको सरुवा


0
Shares

काठमाडौं, असार ७ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा भएको छ ।

गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गर्नुभएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ ।

उहाँ प्रदेश नं २ को प्रहरी प्रमुख हुनुहुन्थ्यो ।

सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ ।

यस्तै डीआईजीहरु गणेशबहादुर ऐर कर्णाली, पुरुषोत्तम कंडेल सुदुरपश्चिम, बसन्तकुमार पन्त अख्तियार, घनश्याम अर्याल विशेष ब्युरो, उत्तमराज सुवेदी रानीपोखरी, रविन्द्र धानुक कार्य एवं अपराध अनुसन्धान विभाग, बसन्तकुमार लामा महानिरीक्षकको सचिवालय, प्रकाश अधिकारी मानवश्रोत एवं प्रशासन विभाग, ईश्वरबाबु कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन् ।