थप २२९७ संक्रमित, ४६ जनाको मृत्यु « Image Khabar


थप २२९७ संक्रमित, ४६ जनाको मृत्यु


Imagekhabar
७ असार २०७८, सोमबार १७:०६

काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै ४६ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा सोमबार थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २८५, ललितपुरका ६१ र भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्