Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


आफू सहभागी सरकारकै आलोचना तर समाजवादी तत्काल सरकारबाट नहट्ने


0
Shares

काठमाडौं, कात्तिक २८ । सत्तारुढ दलको एक घटक समाजवादी पार्टीले आफू सहभागी सरकारको आलोचना गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको ‘संघीय परिषद् बैठक’मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफैं सहभागी सरकारको आलोचना गरिएको छ ।

प्रतिवेदनमा सरकार जनअपेक्षाअनुरुप काम गर्न असफल भएकोमात्र नभइ अकर्मन्यता, भ्रष्टाचार र यथास्थितिवादको दलदलमा फस्दै गएको उल्लेख छ ।

प्रतिवेदनमा संघीयता कार्यान्वयन गर्नुको सट्टा सरकार एकपछि अर्को गरी संघीयता असफल बनाउन लागिपरेको आरोप लगाइएको छ ।

सरकारको आलोचना गरेपनि सोही प्रतिवेदनमा तत्काल सरकारबाट बर्हिगमनको विषयमा भने मध्यमार्गी बाटो लिइएको छ ।

सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा पार्टीभित्र लामो बहस चलेपनि अध्यक्ष डा. भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधन प्रक्रिया अगाडि नबढाए सरकारबाट बर्हिगमनका लागि कार्यकारिणी समितिले निर्णय गर्ने मध्यमार्गी प्रस्ताव राखेका छन् ।

सरकारबाट बर्हिगमन हुनुपर्ने पक्षमा रहेका अध्यक्ष डा. भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि समाजवादी पार्टीको सरकारबाट बर्हिगमन तत्काललाई टरेको छ ।

प्रतिवेदनमाथि बैठकबाट प्राप्त सुझाव समेटेर केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्नेछ ।

बैठकमा देशभरिबाट करिब एक हजार संघीय परिषद् सदस्य सहभागी थिए ।

संघीय परिषद्को बैठकलगत्तै शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

गएको वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच भएको एकता भएपछि पहिलोपटक संघीय परिषद् बैठक बसेको हो ।

Skip This