झापा, कात्तिक २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु उपयुक्त नहुने बताएका छन् ।
बिहीबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली भूमिको चारैतिरका सीमाका ठोस प्रमाणहरु जुटाएर द्विपक्षीय वार्ताबाटै समाधान खोज्नुपर्ने बताए ।
नेता पौडेलले वार्ताबाट समाधान ननिस्किएमात्र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकिने धारणा राखे ।
अहिलेको सरकार बहुमतको सरकार भएकाले देशका चारैतिरका साँध–सीमाहरु व्यवस्थित गर्नेतर्फ सशक्तरुपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो ।
उनले सीमास्तम्भहरु ढलेपछि बनाउन ध्यान दिइँदैन भन्दै अहिले राष्ट्रियरूपमा जागरण आएका बेला सरकारले पहल गरेर भूमि विवाद समाधान गर्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्