२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


रूप ज्योतिविरुद्धको जाहेरी फिर्ता लिन बिजेन्द्रले दिए निवेदन


0
Shares

काठमाडौं, कात्तिक २८। उद्योगी डा. रूप ज्योतिविरुद्ध दिएको जाहेरी फिर्ता लिन बिजेन्द्रकृष्ण मल्लले निवेदन दिएका छन् ।

मल्लले पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका रूप ज्योतिविरुद्ध १ करोड २६ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले गत बिहीबार रूप ज्योति र उनको छोरी सुरुचिलाई पक्रेको थियो । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिन र ५ दिन गरी दुई पटक म्याद दिएको छ ।

थपिएको म्याद बिहीबार सकिने भएपनि मल्लले बुधबार नै जाहेरी फिर्ता पाऊँ भन्दै प्रहरीसमक्ष निवेदन लिएर गएका हुन् । प्रहरीले भने अनुसन्धान सकिएको फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता नुमराज खनालले जाहेरीवालाले मैले पैसा पाइसकेँ भनेर जाहेरी फिर्ता लिन निवेदन दिएको बताए ।

रूप ज्योतिले भने आफूविरुद्ध ठगीको उजुरी पर्नुअघि नै १ करोड २६ लाख रुपैयाँ मल्ललाई बुझाइ पाऊँ भन्दै अदालतमा जम्मा गरेका थिए ।

काठमाडौंको बाँसबारीमा रहेको जग्गा खरिदबिक्रीमा रूप ज्योतिसित मल्लको विवाद भएको थियो ।