भारतभन्दा नेपालमा सस्तो भएपछि मटर तस्करी बढ्यो, प्रहरीको मिलेमतो रहेको स्थानीयको आरोप « Image Khabar


भारतभन्दा नेपालमा सस्तो भएपछि मटर तस्करी बढ्यो, प्रहरीको मिलेमतो रहेको स्थानीयको आरोप


Imagekhabar
५ असार २०७८, शनिबार १३:२७

नवलपरासी । जिल्लाको सीमावर्ती नाकाबाट मटर, केराउ, चना लगायतका खाद्य समाग्रीको तस्करी बढेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले कडाइ गरेको बताए पनि सीमावर्ती नाकामा रहेका प्रहरी चौकी र सशस्त्र प्रहरीको मिलमतोमा तस्करी कार्य बढेको स्थानीयको आरोप छ । सीमावर्ती क्षेत्रका भूजहवा, बसैया, जगन्नाथपुर, बिस्नुपुरालगायतका नाकाबाट दिनहुँजसो मटर भारततर्फ तस्करी हुँदै आएको उनीहरूले बताएका छन् ।

सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले जानकारी दिएका छन् । नाकाहरूबाट दैनिक ४० देखि ५० पिकअप भेन मटर भारत जाने गरेको छ । भारतीय ट्याक्टर, साइकल र मोटरसाइकलबाट मटर भारततर्फ लैजाने गरिएको छ ।

तेस्रो मुलकबाट आउने हरियो मटर नेपालमा भन्दा भारतमा महङ्गो पर्ने भएकाले तस्करी बढेको हो । गतवर्ष मटरको तस्करी बढेपछि जिल्लास्थित सुरक्षा समितिको बैठकले कोरोनाको कारण देखाउँदै ओसारपसार गर्ने सवारीसाधनमा रोक लगाएको थियो ।

सीमा क्षेत्रका नेपाली पसलका गोदाममा राखिएका हरियो मटरलाई अवैध भनेर प्रहरी र राजश्व कार्यालयले बरामद गर्न नसक्ने भन्दै तस्करहरूले भारततर्फ तस्करी गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताउनुभयो । मातहतका प्रहरी चौकीलाई मटर तस्करीलाई नियन्त्रण गर्न कडा निर्देशन दिइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्