रसुवा, असार ४ । धुन्चेदेखि रसुवागढी खडकखण्डकाे आधा दर्जन स्थानमा पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
त्रिशूली नदी, लिङलिङ ठुलोभार्खु र चिलिमे जलविद्युत् आयोजना नजिकै पहिरो खसेको हाे । त्यस्तै नदीले ठूलो भार्खुमा पहिरोले ग्याविन वाल नै बगाएको छ ।
यस्तै, लिङलिङको पहिरोमा ठुल्ठूला चट्टान भएकाले पन्छाउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । कतिपय स्थानमा भोटेकोशीले सडकको जग नै बगाएको छ ।
सडक यातायात अवरुद्ध भएका सो क्षेत्रमा चार दिनदेखि विद्युत्, टेलिफोन र इन्टरनेट समेत अवरुद्ध हुँदा सूचना संकलनमा समेच समस्या भएकाे छ । लगातारको वर्षापछिकाे बाढी पहिरोका कारण विद्युत पोलहरूमा पनि क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्