२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


‘नेपालमा एक लाख ३० हजारभन्दा बढी हेपाटाइटिस ‘सी’बाट संक्रमित’


0
Shares

काठमाडौं, साउन १२ । ‘हराएका हजारौंको खोजी’ भन्ने मूल नाराका साथ शनिबार विश्व हेपाटाइटिस दिवस नेपालमा पनि मनाइएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालमा हेपाटाइटिसका बिरामीहरु बढ्दै गएको भन्दै यसतर्फ समयमै ध्यान दिन जोड दिइयो । 

कार्यक्रममा स्पर्श नेपालका अध्यक्ष डा. सुधांशु केसीले नेपालमा एक लाख ३० हजारभन्दा बढी हेपाटाइटिस ‘सी’बाट संक्रमित रहेको बताउँदै यो रोगको उपचारकाबारेमा धेरैलाई थाहै नभएको बताए ।

सरकारी बेवास्ताका कारण पनि यो रोगप्रतिको जनचेतना बढ्न नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्यसचिव पुष्पा चौधरीले सन् २०३० सम्म नेपालबाट हेपाटाइटिस उन्मूलन गर्ने लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

विश्वमा प्रत्येक वर्ष हेपाटाइटिस ‘बी’ र ‘सी’ कारण करिब १३ लाख व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक छ ।