Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


ट्रेड युनियन उपाध्यक्ष राठौर आईएलओ गभर्निङ बडि सदस्यमा निर्वाचित


0
Shares

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष आशासिंह राठौर अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) गभर्निङ बडिको वैकल्पिक सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

राठौर आईएलओको १०९ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन बाट सन् २०२१ देखि २०२४ को लागि निर्विरोध निर्वाचित हुनु भएको हो ।

गत साल नै सम्पन्न हुनु पर्ने सम्मेलन कोरोना महामारीका कारण स्थागित भएको थियो । आईएलओ गभर्निङ बडि श्रम क्षेत्रमा आबद्ध ट्रेड युनियनकर्मिहरुकालागि सम्मानित एवं सर्वोच्च स्थान हो ।

सम्मेलन भर्चुअल माध्यमबाट भएको थियो ।

को हुन् राठौर ?

राठौरले २०४१ सालदेखि नेपाल बैंकमा सेवा प्रारम्भ गर्नु भएके थियो । जागिरसंगै कर्मचारी एवं श्रमिकको हकहित दिलाउन सक्रिय भएर लाग्नुभयो ।

नेपाल बैंक कर्मचारी संघमा वरिष्ठ उपाध्यक्ष देखि सभामुख, २०५० मा वित्तीय संस्था कर्मचारी संघमा केन्द्रीय सदस्य हुँदै २०५४ सालमा ट्रेड युनियन कांग्रेसमा केन्द्रीय सदस्य हुनभयो ।

उहाँ विभिन्न समयमा भएको लोकतान्त्रिक आन्दोलनहरुमा समेत सक्रिय भुमिका निर्वाह गर्दै पटकपटक जेल समेत पर्नु भएको थियो ।

श्रमिक हक अधिकारकालागि निरन्तर ट्रेड युनियन आन्दोलनमा सक्रिय एवं इमानदार श्रमिक नेतृको छवि बनाई सकेका राठौर ट्रेड युनियन कांग्रेसमा दुई कार्यकाल केन्द्रीय सदस्य, उपमहासचिव हुँदै सातौं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।

Skip This