
सुशीला बस्नेत/कबिर महर्जन (इमेज)
काठमाडौं, साउन १२ । मुलुककै सबैभन्दा जेठो वीर अस्पताल १२९औं वर्षमा प्रवेश गरेको छ ।
सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीरशमशेरले वि.सं. १९४६ सालमा यो अस्पतालको स्थापना गरेका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले स्थापनाको १२८ वर्ष पूरा गरेको छ ।
विगत दुई वर्षदेखि वीर अस्पतालले सर्वसाधारणको उपचारमा थप सेवा र सुविधाका साथै प्रविधि पनि थप्दै लगेको छ ।
अस्पतालमा छाती, बाथरोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ ।
रक्तक्यान्सर, क्यान्सर स्क्यानिङ, २४ घन्टा नै हेमोडाइलाइसिस, एचाइभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा सुरु भएको अस्पतालका निर्देशक प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले बताए ।
गरिब र सर्वसाधारण नेपाली बिरामी हुँदा जाने वीर अस्पतालको सेवामा अझै थुप्रै सुधार गर्नुपर्ने बिरामीहरु बताउँछन् ।
अस्पतालले प्रगति विवरण सुनाइरहँदा बिरामी र बिरामीका आफन्त भने त्यति सन्तुष्ट छैनन् ।
शनिबार आयोजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने आगामी दिनमा अस्पताललाई विगतकोजस्तै नमुना अस्पतालकारुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गत आर्थिक वर्ष वीरमा चार लाखभन्दा बढी बिरामीले उपचार गरेकोे अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्