Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


वर्षाले नारायणगढ-बुटवल सडकखण्ड ठाउँ ठाउँमा अवरुद्ध


0
Shares

बिबेक भण्डारी

नवलपुर । अविरल वर्षाले नारायणगढ बुटवल सडक खण्ड धेरै स्थानमा अवरुद्ध भएका छन ।

निरन्तर आएको वर्षाका कारण नारायणगढ बुटवल सडक आयोजना निर्माण अन्तरगत ड्राइभर्सन बगाउँदा सडक अबरुद्ध बनेक छ ।

नवलपुरका विभिन्न स्थानमा दुईतर्फि ठप्प भएको सवारी लामो समय पछि एकतर्फि संचालनमा आएको छ ।

गैँडाकोट १० खरखरे खोलामा कल्भर्ट राखेपछ अहिले एकतर्फि सवारी संचालनमा आएको हो । तर दुइतर्फि सवारी आवतजावत नहुँदा समस्या भएको छ ।

अहिले नेपाल प्रहरी, आयोजनाका कर्मचारी र मेशीन प्रयोग गरेर दुईतर्फि संचालन गर्ने प्रयास भइरहेको छ ।