विपदमा परेकालाई उद्दार गर्न देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई दिए निर्देशन « Imagekhabar – Online News Portal of Nepal


विपदमा परेकालाई उद्दार गर्न देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई दिए निर्देशन


0
Shares

nepali congress

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिराेमा परेकालाई उद्दार गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएकाे छ ।

सभापति देउवाले टुइट गर्दै सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोमा परेकालाई उद्दारमा खट्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन पनि दिनु भएको हाे ।

‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ,’ सभापित देउवा टुइटरमा लेख्नुहुन्छ ‘यो कठिन अवस्थामा नेपाली ३कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र ३राहतमा खटिन निर्देशन गर्दछु ।’

साथै उहाँले विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्न सरकारसँग माग गर्नु भएकाे छ । उहाँले भन्नुभयाे ‘सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु।’