Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


‘हाइ प्रोफाइल’ २५ जुवाडेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगियो


0
Shares

काठमाडौं, कात्तिक २६ । काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका ‘हाइ प्रोफाइल’ २५ जुवाडेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ ।

विभागले उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्ने व्यहोराको पत्र काटेको आधारमा मंगलबार विभागमा उपस्थित गराइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले बताए ।

यही कात्तिक ९ गते राति दुई करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

विक्रम गौतमको घरबाट ‘क्यासिनो किङ’ भनेर चिनिने बलराम सापकोटा ‘बले’, ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एअर डाइनेस्टीका सन्चालक पवित्रकुमार कार्की, विक्रम गौतम, मुक्ति लामालगायत २५ जना जुवा खेल्दैगर्दा पक्राउ परेका थिए ।