
काठमाडौं, कात्तिक २५ । नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारबाही गरेको छ ।
दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारबाहीमा परेका हुन् ।
समरी जनरल सैनिक अदालतले निज प्राविधिक सेनानी तिवारीलाई ६ महिना कैद र भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाबाट प्राप्त हुने सेवा–सुविधा तथा सहुलियत लिइसकेपछि संस्थालाई आरोप लगाउँदै संगठनको स्वीकृतिबेगर थापाथली इन्जिनियरिङ क्याम्पसमा काम गरेको सेनाले जनाएको छ ।
उक्त कलेजमा प्राध्यापकमा स्थायी नियुिक्त लिइ ‘भगौडा’ र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको जनाइएको छ ।
सैनिक सेवाबाट आफूखुसी भगौडा भएका जो–कोहीलाई कुनैपनि बखतमा पक्राउ गरी सैनिक ऐनबमोजिम कारबाही गरिने सेनाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्