निषेधाज्ञा खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने गरी काम थाल्न यातायातमन्त्रीको निर्देशन « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


निषेधाज्ञा खुल्नेवित्तिकै रेल सञ्चालन गर्ने गरी काम थाल्न यातायातमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्नेवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिनुभएको छ ।

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँगको छलफलको क्रममा मन्त्री नेम्वाङले विभागलाई निर्देशन दिनुभएको हो ।

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण विषयको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन उहाँले जोड दिनुभयो ।

मन्त्री नेम्वाङले पानीजहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानीजहाज कार्यालयलाई पनि निर्देशन दिनुभएको छ ।

त्यसैगरी यातायात व्यवस्था विभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिनुभयो ।