काठमाडौं । बीपी स्टडी युथ सर्कल बागमती प्रदेश र नुवाकोट कार्यसमितिले संयुक्त रुपमा सञ्चालन गरेको निशुल्क खाना वितरण अभियान ११ औँ दिनमा पुगेको छ ।
निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान सुरु गरिएको हो ।
सुरुका दिनमा सिमित युवाहरुको सहयोगमा राहत वितरण सुरु गरिए पनि अहिले दाताबाट सहयोग जुटेको हो ।
निशेधाज्ञा अवधिभर सञ्चालन गरिने अभियानको खर्च विवरण सार्वजनिक गरिने छ । निशेधाज्ञाका कारण रोजीरोटी गुमाएका र डेरा गरि बस्ने नागरिकलाई प्राथमिकतामा राखिएको नुवाकोट कार्यसमितिका अध्यक्ष सुबास कट्टेलले जानकारी दिनुभयो ।
निशेधाज्ञा खुकुला बनाइए पनि मजदूर वर्ग समस्यामा परेका छन् । कतिपय मजदूरले राहत भन्दा पनि कामको खोजी गरेको बताउने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्