झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ओलीले डाके बैठक • Image Khabar Image Khabar


झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ओलीले डाके बैठक


Imagekhabar
२८ जेष्ठ २०७८, शुक्रबार ११:०५

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ओलीले डाके बैठक

काठमाडैं । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक डाक्नु भएको छ ।

आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।
आयोगको बैठकको एजेण्डाको चौथो नम्बरमा बिएण्डसीको सम्बन्धनसम्बन्धी विषय छ।

त्यसअघि नै सरकारले नियुक्त गरेर र पदेन सदस्यलाई बैठकमा उपस्थित हुन र सम्बन्धनको पक्षमा मत राख्न निर्देशनसमेत दिइसकेको एक सदस्यले बताए।

बिएण्डसीको विषय अदालतमा विचाराधिन रहेको र चिकित्सा शिक्षा ऐनको दफा १३ को ६ अनुसार पनि सम्बन्धन दिन नमिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्