Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ


0
Shares

काठमाडौं, जेठ २७ । शितल निवासमा नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् ।

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपरान्ह नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाउनुभएको हो ।

नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई बिहीबार सपथ खुवाइएको हो ।

गृहमन्त्रीमा एमालेका खगराज अधिकारी यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री, नैनकला थापा सञ्चार मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, विना विभागीय मन्त्रीमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकले बिहीबार सपथ लिएका हुन् ।