नागरिकता अध्यादेशविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै • Image Khabar Image Khabar


नागरिकता अध्यादेशविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै


Imagekhabar
२७ जेष्ठ २०७८, बिहीबार ०८:५६

नागरिकता अध्यादेशविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेशीमा रहेको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि जसपाको एक पक्षलाई सरकारमा ल्याउने सरकारको सिफरिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको थियो ।

यसअघि हेर्दाहेर्दैमा रहेको मुद्दामा आज अन्तरिम आदेश जारी गर्ने विषया छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्