 
	    चितवन, जेठ २६ । जिल्ला प्रहरी कार्यालय चितवनले आगु औषध कारोबार गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १६ घर भई हाल वडानम्वर २ आदर्शनगरमा डेरा गरी बस्ने बर्ष २५ की एलिसा कुँवर रहेकी छिन् ।
लागु औषध बिक्री बितरण गर्दै आईरहेको गोप्य सुचनाको आधारमा कुँवरको कोठा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध डाइजापाम ८४ एम्पुल, नुफ्रिन ८२ एम्पुल र फेनारगन ८१ एम्पुल गरी २४७ एम्पुल बरामद भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।
भिभो कम्पनीको मोवाइल एक थान र नगद १७ हजार ५२५ रुपैयाँ समेत बरामद भएको र थप अनुसन्धान जारी रहेको थापाले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्