Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती मनाइँदै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सिंहको सम्झनामा नेपाली काँग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ । दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ ।

साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्धिप प्रज्वलन गर्ने कार्यक्रम छ ।

राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिँहको योगदानलाई अतुलनीय मानिन्छ ।

उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् ।

सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका हुन ।