प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा आज सुनुवाई हुँदै • Image Khabar Image Khabar


प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा आज सुनुवाई हुँदै


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार ०७:३३

प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वामा आज सुनुवाई हुँदैछ ।

यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु हुन लागेको हो ।

संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।

यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो ।

सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेबाट सुनुवाई सुरु भएपनि विवादका कारण हालसम्म पनि बहस मूल विषयमा प्रवेश गर्न सकेको छैन ।

गत जेठ १४ गते प्रधानन्यायाधीस राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सहितको संवैधानिक इजलास गठन गर्नुभएको थियो ।

तर निवेदक पक्षले न्यायाधीस श्रेष्ठ र केसीमाथि प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।

न्यायाधीस केसीसहितको इजलासले नेकपा खारेज गरि एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएका थिए भने श्रेष्ठले उक्त मुद्वामा पुनरावलोकन निस्सा दिन अस्वीकार गर्नुभएको थियो ।

विवादपछि प्रधानन्यायाधीस राणाले वरिष्ठताका आधार दोस्रो इजलास गठन गर्नुभएकोमा सरकार पक्षीय कानुन व्यवसायीहरुले विवाद निकालेपछि सुनुवाई अगाडि बढ्न नसकेको हो ।

नयाँ इजलासमा वरिष्ठ न्यायाधीस दीपककुमार काकी र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने सरकार पक्षीय माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्