Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


नरसंहारको आरोप लागेका पूर्व सैन्य कमाण्डरको अपील राष्ट्रसंघद्वारा अस्वीकार


0
Shares

एजेन्सी । सर्वियाको नरसंहारविरुद्ध बोस्नियाका पूर्व सैन्य कमाण्डरले गरेको अपील संयुक्त राष्ट्रसंघले अस्वीकार गरेको छ ।

पूर्व कमाण्डर रत्को मालाडिकले आफूविरुद्ध लगाइएको आरोपको खण्डन गर्दै सन् २०१७ मा गरेको अपीललाई राष्ट्रसंघले अस्वीकार गरेको हो।

सन् १९९५ मा बोस्नियामा मुस्लिम समुदायका व्यक्तिको हत्यामा संलग्न रहेका भन्दै राष्ट्रसंघीय अदालतले आजिवन काराबासको सजाय सुनाएको थियो ।

आफ्नो संरक्षणमा रहेको मुलुकमा भएको यो नरसंहार दोस्रो विश्वयुद्धपछिको क्रुर अत्याचार रहेको ।

राष्ट्रसंघको ठहर छ । आफू निर्दोष रहेका भन्दै मालाडिकले अन्तर्राष्ट्रिय अदालत हेगमा गरेको अपीलमा पनि दावी गरेअनुसारको प्रमाण नपुगेको राष्ट्रसंघले उल्लेख गरेको छ ।

मालाडिक अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाइएका पूर्व युगोस्लाभियाका अन्तिम व्यक्ति रहेको बीबीसीले उल्लेख गरेको छ ।

उनी सन् २०११ मा पक्राउ परेका थिए । सुरुमा ४० वर्षको जल सजाय सुनाइपनि पछि अदालतले उनलाई सन् २०१९ मा आजिवन काराबासको सजाय गरेको थियो ।