Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


सर्लाहीमा विद्यार्थीहरुले भने- भारतको थिचोमिचो सहेर बस्दैनौं


0
Shares

-प्रकाश मैनाली/ईमेज

सर्लाही । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सर्लाहीमा पनि आज प्रदर्शन भएको छ ।

नेपाल विद्यार्थी संघले जनज्योति बहुमुखी क्याम्पस र नेपाल बिद्यार्थी संघ सर्लाहीको संयुक्त आयोजनामा लालबन्दीमा प्रदर्शन गरेका हो ।

र्‍यालीपश्चात आयोजित कोण सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताएका छन् ।

पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न र्‍यालीमा सहभागी विद्यार्थीले माग गरेका छन् ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकाले विद्यार्थी आन्दोलित भएका हुन ।