३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


विश्व हेपाटाइटिस दिवस मनाइँदै, नेपालमा करिब ४ लाख हेपाटाइटिसका बिरामी


0
Shares

काठमाडौं । विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आज विश्व हेपाटाइटिस दिवस मनाइँदै छ ।

पछिल्लो समयमा नेपालमा हेपाटाइटिसका बिरामी बढ्दै गएका छन् ।

विभिन्न संक्रमणका कारण कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने गरिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो ।

हेपाटाइटिसलाई ए देखि इ सम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ ।

चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन् ।

नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ ।

असुरक्षित यौन सम्पर्क र रगतका माध्यमबाट हुने यो रोगबाट धेरै व्यक्ति अनविज्ञ हुने गरेको चिकित्सकहरु बताउँछन् ।

सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुनेलगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने गरेको चिकित्सकहरुको भनाइ छ ।

हेपाटाइटिस बि आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखि ९० प्रतिशत बच्चामा हेपाटाइटिस बी दीर्घरुपको संक्रमणका रुपमा देखिन्छ ।

जसमध्ये एक चौथाइ युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् ।