Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


‘भारतीय विस्तारवादलाई रोक्न सबै नेपाली एक हुनुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक २१ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग समावेश गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीले बिहीबार विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेर विस्तारवादी कदम चालेको भन्दै नेमकिपाले विरोध प्रदर्शन गरेको हो ।

काठमाडौंको बागबजारबाट निस्केको जुलुस भोटाहिटी पुगेर विरोधसभामा परिणत भएको थियो ।

सभाका वक्ताहरुले भारतीय विस्तारवादलाई रोक्न सबै नेपाली एक हुनुपर्नेमा जोड दिएका थिए ।

बिहीबारै नेपालका लागि नेपाली अलाइन्सले भारतीय कदमको विरोधमा माइतीघर मन्डलामा नागरिक खबरदारीसभा गरेको थियो ।

सीमा सुरक्षाको विषयमा सबै नेपाली एकजुट हुनुपर्नेमा सभामा सहभागीहरुको जोड थियो ।